सिटिजन लाइफले आईपीओ निष्काशन गर्ने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिटिजन लाइफले आईपीओ निष्काशन गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्काशनबारे छलफल गर्न तेश्रो वार्षिक साधारण सभा आज (आइतबार) बस्ने भएको हो । 

कम्पनीले जारी गरेको सूचना अनुसार पौष २९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा आम्रपाली ब्याङ्कवेट, नक्साल, काठमाडौंमा दिउँसो ३ बजे हुने भएको छ ।  सभामा धितोपत्र दर्ता गरी आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रूपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्दैछ । 

Read More
  • MBL