स्वाभिमान लघुवित्तको मूल्य समायोजन



Aarthik Abhiyan

माघ ३०, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार स्वाभिमान लघुवित्त  वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २ हजार ३३३ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू. २ हजार ७९९ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न फागुन १३ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । 

कम्पनीले डार्सिज इन्टरनेशनल होटल, बुटवल, रुपन्देहीमा अपरान्ह ३ बजेका लागि सभा बोलाएको हो ।

Read More
  • Financial Notices