नेपाल बैंकले घोषणा गरेको सबै लाभांश लगानीकर्ताले पाउने, अर्थमन्त्रालय भन्छ:अध्यक्षले राजीनामा दिएपछि ‘खेल खत्तम’


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकले घोषणा गरेको सबै लाभांश लगानीकर्ताले पाउने, अर्थमन्त्रालय भन्छ:अध्यक्षले राजीनामा दिएपछि ‘खेल खत्तम’

नेपाल बैंकले घोषणा गरेको सबै लाभांश लगानीकर्ताले पाउने भएका छन् ।अर्थमन्त्रालयको स्वीकृत नलिइ नेपाल बैंकले लाभांश घोषणा गरेपछि अर्थमन्त्रालय र नेपाल बैंकबीचको द्धन्द्ध बढेको थियो । त्यही द्धन्द्धका कारण नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिएका छन् ।

अर्थमन्त्रालयले आफूलाई नसोधी लाभांश घोषणा गरेको भन्दै नेपाल बैंकको लाभांश रोक्ने चेतावनी दिएको थियो । तर नेपाल बैंकका अध्यक्ष अधिकारीले राजीनामा दिएपछि ‘खेल खत्तम’ भएको र लगानीकर्ताले नेपाल बैंकले घोषणा गरेको सबै लाभांश पाउने अर्थमन्त्रालयको भनाइ छ ।

नेपाल बैंकलाई सरसल्लाहमा लाभांश घोषणा गर्नु भनेका थियौ, नसोधी लाभांश घोषणा गरेपछि मौखिक रुपमा स्पष्टिकरण सोधेको अर्थमन्त्रालयका सहसचिव झक्कप्रसाद आर्चायले मेरोलगानीलाई बताए ।

‘नेपाल बैंकका अध्यक्षलाई मौखिक रुपमा छलफल गरेर लाभांश घोषणा गर्नु भएको भए हुन्थ्यो भनेर भनेका थियौ,’ उनले भने, ‘उहाँले त्यसको जवाफ केही नदिइ राजीनामा दिनुभयो ।’ ...

Read More
  • EBL Ad news