नेपाल बैंकको लाभांशको विषयमा अर्थ मन्त्रालयको आलटाले जवाफ


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको लाभांशको विषयमा अर्थ मन्त्रालयको आलटाले जवाफ

अर्थ मन्त्रालयले नेपाल बैंकको लाभांशको विषयमा प्रष्ट जानकारी दिन आनाकानी गरेको छ । मन्त्रालयले आयोजना गरेको चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा कार्यक्रममा नेपाल बैंकको लाभांशको विषयबारे प्रश्न उठेको थियो ।

अन्य प्रश्नको जवाफ दिएका अर्थ सचिव शिशिर कुमार ढुंगाना नेपाल बैंकको विषयमा प्रवेश नै गरेनन् । गभर्नरले यस विषयमा जवाफ दिने भन्दै सचिव पन्सिए । तर गभर्नरलाई बोल्ने मौका नै दिईएन ।

अन्तिममा भनाई राख्दै अर्थ मन्त्री विष्णु पौडेलले बैंक वित्तीय संस्थाको ब्यबस्थापनको विषयमा सामान्य कन्सर्न आएकोले त्यसमा दुरुस्त ढङ्गले अगाडी बढ्ने बताए । उनले यो समस्याको विषय नभएको बताए । उनले भने 'त्यसमा हामी दुरुस्त ढङ्गले अगाडी जान्छौ, यो त्यति धेरै समस्याको रुपमा रहेन' । 

Read More
  • EBL Ad news