आईपिओ निष्कासनको तयारीमा रहेको सिटिजन लाइफको जीवन बीमा कोषमा १३० प्रतिशत वृद्धि



Artha Dabali

काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७७/०७८ को दोश्रो त्रैमासिक (पौष मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १३० प्रतिशतले वृद्धि गरेको छ । 

गत आ. व. को पौष मसान्तमा कम्पनीको जीवन बीमा कोष रु. १ अर्व ४ करोड ४० लाख रहेकोमा यस पौष मसान्तमा सो रकम २ अर्व ३९ करोड ८१ लाख पुगेको छ ।

यसका साथै कम्पनीले गत आ. व. को पौष मसान्तसम्ममा कुल बीमाशुल्क रु. ८० करोड ८८ लाख संकलन गरेकोमा यस आ. व. को सोही अवधिमा रु. १ अर्व ४० करोड २१ लाख संकलन गर्न सफल भएको छ । यसरी हेर्दा बीमा शुल्क आर्जन ७३ प्रतिशतले बढेको देखिन्छ । 

समीक्षा अवधिमा जीवन बीमा कोषमा १३०  प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ४२ करोड १ लाखबाट ७३ प्रतिशतले बढाएर ७२ करोड ८० लाखको उचाई चुमाएको छ । साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ५४ प्रतिशतको वृद्धि गरी रु. १५ करोड ४ लाख पु¥याएको छ । ...

Read More
  • Financial Notices