नेपाल बैंकको लाभांशमा सरकारको हस्तक्षेप, अध्यक्षले मागे राजीनामा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको लाभांशमा सरकारको हस्तक्षेप, अध्यक्षले मागे राजीनामा

साधारणसभाबाट पारित भइसकेको नेपाल बैंकको लाभांश विवादित बनेको छ।

नियामक राष्ट्र बैंक र साधारणसभाबाट समेत स्वीकृत भइसकेको लाभांशलाई लिएर सरकारले हस्तक्षेप गर्न खोजेपछि विवाद सिर्जना भएको हो। 

यहीं विवादका कारण संचालक समितिका अध्यक्ष बासुदेव अधिकारी राजीनामा दिने मनसायमा पुगेका छन्।  

बैंकले १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो। बैंकले अघिल्लो वर्षको संचित नाफालाई समेत मध्यनजर गर्दै केही बढी लाभांश घोषणा गरेको थियो। 

अर्थमन्त्रालयले भने गत आर्थिक वर्षको नाफाबाट वितरणयोग्य लाभांश मात्रै दिन भनेको थियो। 

‘सरकार लाभांशमा उदार हुन सकेन, साधारणसभाबाट पारित भइसकेको लाभांशलाई फिर्ता लिन मैले नसक्ने भनेर सूचित गरेको छु’ अधिकारीले सेतोपाटीसँगको कुराकानीमा भने ‘यदि सरकारले भनेअनुसारको लाभांश नै लागू गर्नुपरे अर्को मान्छे खोज्न भनेको छुु।’

Read More
  • EBL Ad news