सिटिजन्स बैंकलाई आधारभूत र प्राविधिक कोणबाट अध्ययन गर्दा कस्तो देखिन्छ अवस्था ?


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकलाई आधारभूत र प्राविधिक कोणबाट अध्ययन गर्दा कस्तो देखिन्छ अवस्था ?

धारभूत विश्लेषण 

 

काठमाडौं : सिटिजन्स बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ८७ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा २७.२६ प्रतिशत वृद्धि भएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा यसले ६८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले एप्रोप्रेसन शीर्षकमा १७ करोड २८ लाख २७ हजार रुपैयाँ तथा नियामक रिजर्भमा १९ करोड ९९ लाख ७८ हजार रुपैयाँ छुट्याएपछि ८४ करोड ८० लाख रुपैयाँ वितरणयोग्य मुनाफा रुपैयाँ रहेको वितीय विवरण प्रकाशित गरेको छ ।

एप्रोप्रेसन अन्तर्गत साधारण कोषमा १७ करोड ५० लाख, क्यापिटल रिडेम्सन रिजर्भमा ३६ करोड ११ लाख रुपैयाँ देखाएको छ । यस्तै, सामाजिक उतरदायित्व कोषमा २५ लाख ६२ हजार तथा कर्मचारी तालिममा ४३ लाख ८६ हजार रुपैयाँ खर्च भएको पनि देखाएको छ । दोस्रो त्रैमाससम्ममा यस बैंकको खुद ब्याज आम्दानी १२.३९ प्रतिशत बढेर १ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ पु्गेको छ ।

ब्याज फि तथा कमिसन आम्दानी १३.५१ प्रतिशतले बढेर १ अर्व ९५ करोड ९६ लाख रुपैयाँ कमाएको छ । अन्य सञ्चालन आम्दानी पनि ३२९ प्रतिशतले बढेर ११ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी २ करोड ६३ लाख रुपैयाँबाट बढेर ११ करोड ३२ लाख रुपैयाँ पुगेको छ । 

Read More
  • EBL Ad news