३ वर्षमा टप टेन बन्ने सिटिजन्स बैंकको लक्ष्य, आफु गाभिने भन्दा अरुलाई गाभ्ने रणनीति


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
३ वर्षमा टप टेन बन्ने सिटिजन्स बैंकको लक्ष्य, आफु गाभिने भन्दा अरुलाई गाभ्ने रणनीति

सिटिजन्स बैंकले आगामी ३ वर्षमा उत्कृष्ट १० बैंक बन्ने रणनीति तयार पारेको छ  । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले टप टेन बैंक हुने गरी ३ वर्षे रणनीतिक योजना तयार पारेको बताएका हुन्  ।

आज आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले बैंकको नाम , लोगो र ब्राण्ड नमेटिने गरी मर्जर तथा प्राप्तिमा जाने बैंकको रणनीति भएको बताए । उनका अनुसार बैंकले कुनै विकास बैंक वा फाइनान्सलाई गाभ्ने तयारी गरेको छ  । सुदुरपश्चिममा आफ्नो उपस्थिति बढाउँन त्यस क्षेत्रका कम्पनीहरुको छलफल भईरहेको उनको भनाई छ।  

Read More
  • EBL Ad news