मेरोमाइक्रोफाइनान्सका ग्राहकहरु प्रविधिमैत्री



Banking Khabar

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहकहरुलाई नगद प्रवाह ब्यवस्थापन सम्बन्धी तालिम आयोजना गरिरहेको छ । ग्राहकहरुलाई ब्यवसाय बिस्तार र प्रबद्धन कार्यमा सहज बनाउनको लागी तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।
एरिया टेक्नोलोजी प्रालि र साउथ एसिया इन्सिच्युट अफ एड्भान्स स्टडिज्संगको सहकार्यमा मेरोमाइक्रोफाइनान्सले आयोजना गरेको तालिममा करीब ४०० जना ग्राहकहरुलाई तालिम दिन सुरु गरिएको बट्टार अनुगमन कार्यालयका प्रमुख सरोज पण्डितले जानकारी दिए । त्यस्तै, शाखा कार्यालयहरु नुवाकोट जिल्लामा रहेका शाखा कार्यालयहरु बट्टार, रातमाटे, सातबिसे, रानीपौवा र कल्याणदेवीका ब्यावसायिक कृयाकलापहरुलाई बिस्तार तथा ब्यवस्थित बनाउनु तालिमको उद्देश्य रहेको बताए ।

Read More
  • Financial Notices