तिनाउ मिसनको ५८ औं शाखा दाङको लमहीमा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
तिनाउ मिसनको ५८ औं शाखा दाङको लमहीमा

तिनाउ मिसन डेभलपमेण्ट बैंक Tinau Mission Bikas Bank Ltd.  ले आफ्नो ५८ औं शाखा दाङको लमहीमा संचालनमा ल्याएको छ । बुटवलमा केन्द्रिय कार्यालय रहेको विकास बैंकले दाङ जिल्लाको लमही ५, लमही, बजारटोलमा  शाखा संचालनमा ल्याएको हो । 

बैंक संचालक समितका अध्यक्ष जीवन प्रसाद वझाले शाखा उद्घाटन गरेका हुन् । शाखा उद्घाटनको अवसरमा बैंकले उक्त क्षेत्रमा रहेका आदर्श माध्यमिक विद्यालय र खिम वहादूर शाह माध्यमिक विद्यालय कोलहीका छात्र तथा छात्रा गरी ४ जना विद्यार्थीहरुलाई नगद तथा स्टेशनरी सामाग्री प्रदान गरेको छ।

तिनाउ मिसनलाई सिटिजन्स बैंकले गाभ्ने तयारीमा रहेको छ ।  विकास बैंकको गत माघ १५ गते सम्पन्न साधारण सभाबाट सिटिजन्स बैंक ईन्टरनेसनलमा गाभिने सम्वन्धी विषेश प्रस्ताव सर्वसम्तले स्वीकृत भैसकेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट एकिकृत कारोवार हुनेछ ।

Read More
  • MBL