कुमारी बैंक र अश्री ज्वेलर्सबीच सम्झैता



Karobar Daily

कुमारी बैंक र सुनचाँदी, हिरालगायत अन्य बहुमूल्य रत्नहरुको हस्तनिर्मित गहना निर्माता अश्री ज्वेलर्सबीच छुटसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतसँगै कुमारी बैंकका डेबिट र क्रेडिट कार्डवाहक ग्राहकहरुले अश्री ज्वेलर्सका डाइमन्डका गहनाको खरिदमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । उक्त सम्झौतापत्रमा कुमारी बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख प्रविन झा र अश्री ज्वेलर्सका निर्देशक रविकृष्ण श्रेष्ठले हस्ताक्षर गरे ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५६ एटिएम, २३ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेनसन काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएकोे छ ।

Read More
  • Financial Notices