नेशनल लाईफको लाभांश पारित, बीमा शुल्क २४.८६ प्रतिशतले बढ्यो



Aarthik News

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले ३२औं वार्षिक साधारण सभाले बोनस शेयर पारित गरेको छ । कम्पनीको आ.व. २०७५/०७६ को लागि चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने र वोनस शेयर वापतको कर प्रयोजनको लागि १,६२,२४,३५१ रुपैयाँ  नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो  । 

 कम्पनीको ३२औं वार्षिक साधारण सभामा आ.व.२०७५/७६ मा कम्पनीको सबै वित्तिय सूचकांकहरु सन्तोषजनक रहेको विवरण प्रस्तुत गरिएको थियो । कम्पनीले कूल बीमाशुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले बृद्धि भई ८०५.०५ करोड रुपैयाँ पुगेको र ३५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

 यसै गरी आ.व.२०७५/७६ को अन्तसम्ममा कम्पनीको कुल लगानी २७.९४ प्रतिशतले बृद्धि भई २,६८१ करोड रुपैयाँ पुगेको र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २५ प्रतिशतले बृद्धि भई २०७६ असार मसान्त सम्ममा २६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । कम्पनीले सो आ.व.मा २६९ करोड रुपैयाँ कूल दावी भुक्तानी गरेको छ ।

Read More
  • Financial Notices