नेपाल बैंकको अनलाइन खाता सेवा सञ्चालनमा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको अनलाइन खाता सेवा सञ्चालनमा

नेपाल बैंक लिमिटेडले अब अनलाइन बाटै खाता खोल्न सकिने गरि अनलाइन अकाउन्ट् ओपनिङ सेवा सञ्चालनमा ल्याएको छ । आफ्ना सेवाहरूलाई डिजटलाईजेसन गर्ने क्रममा बैंकले यो सेवा सञ्चालनमा ल्याएको हो । अब घरमै बसीबसी खाता खोल्नका लागि नेपाल बैंक लिमिटेडको वेबसाइटमा राखेको अनलाईन अकाउन्ट् ओपनिङ को ट्याबमा गएर क्लिक गरेपछि आफुलाई उपयुुक्त हुने खाता छनौट गरेर त्यसभित्र आवश्यक जानकारीहरू भरेर खाता प्राप्त गर्न सकिनेछ । साथै खाता खोलिसकेपछि त्यसमा रहने न्युनतम मौज्दातको बारेमा पनि त्यहीं स्पष्ट जानकारी दिईएको छ । खाता खोल्न आवश्यक कागजात, खातामा प्राप्त हुने ब्याजदर, ब्याज प्राप्त हुने अवधि आदिको बारेमा पनि त्यहाँबाट जानकारी लिन सकिन्छ ।

यस सेवा मार्फत विदेशमा रहेका नेपालीहरूले पनि विदेशबाट आफ्नै खाता खोलेर रकम जम्मा गर्न सक्नेछन् जसबाट अर्काको खातामा पैसा हालेर गर्नुपरेको बाध्यात्मक कारोबार कम हुँदै जाने र त्यसमा निहित ठुलो जोखिम समेत न्यूनीकरण हुने अपेक्षा राखेको बैंकका एक शाखा प्रबन्धक सरोज कटुवालले बैंकिङ खबरलाई जानकारी दिएका छन् । हाल नेपाल बैंकमा खाता खोल्दा पहिलोपटकका लागि एटिएम कार्ड, मोबाईल बैंकिङ, ईन्टरनेट बैंकिङ , डिम्याट अकाउन्ट् जस्ता सेवाहरू पनि निशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ । नेपालकै पहिलो बैंकको रूपमा स्थापना भएको यस बैंकले पछिल्लो समयमा कन्ट्याक्टलेस एटिएम कार्ड, स्क्यान टु पे, क्युआर टेलर जस्ता अत्याधुनिक सेवाहरू समेत विस्तार गरेको छ ।

Read More
  • EBL Ad news