कुवेतको लुलु एक्सचेन्जबाट अब मेगा रेमिटको सेवा पाइने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कुवेतको लुलु एक्सचेन्जबाट अब मेगा रेमिटको सेवा पाइने

मेगा बैंक नेपालले कुवेतमा ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ।

मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनी लिमिटेडबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो। लुलु एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको भनाइ छ। 

लुलु एक्सचेन्जका २२ वटा शाखाबाट नेपालीहरुले नेपालमा मेगा रेमिटमा रकम पठाउन सक्नेछन्। यसका साथै, लुलु एक्सचेन्जको मोबाइल एपमार्फत पनि नेपालीहरुले रकम पठाउन सक्ने मेगा बैंकले जनाएको छ। 

Read More
  • MBL