पिपुल्स हाइड्रोपावर कम्पनीको आईपीओ निष्कासन गर्न विक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
पिपुल्स हाइड्रोपावर कम्पनीको आईपीओ निष्कासन गर्न विक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

माघ ६,  काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न विक्री प्रबन्धकमा सानिमा क्यापिटलाई नियुक्त गरेको छ । 

मंगलवार सो कार्यका लागि सानिमा क्यापिटल लिमिटेडकातर्फबाट प्रमुखकार्यकारी अधिकृत भिष्म राज चालिसे र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडकातर्फबाट प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

कम्पनीले लमजुङ्ग जिल्लामा निर्मााण गर्न लागेको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ ५४ मेगावाट निर्माण गरीरहेको र उक्त आयोजनामा लगानी गर्न आवश्यक स्वपूँजीसमेत लगानी गर्न आफ्नो जारी पूँजी रु.२ अर्ब ७५ करोड रुपियाँमध्ये ८२ करोड ५० लाख रुपियाँ बराबरको १०० रुपियाँ अंकित दरको ८२ लाख ५० हजार कित्ता शेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्ने तयारी गरेको हो ।

Read More
  • MBL