सिभिल लघुवित्तले पेश गर्यो स्पष्टिकरण, शेयर कारोबार फुकुवा



Bizpati

नेपाल स्टल एक्सचेन्ज नेप्सेले सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha को शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले आज माघ ५ गतेदेखि लागु हुने गरी कम्पनीको कारोबार फुकुवा गरेको हो । 

लाभांश प्रस्ताव सम्बन्धि सूचना नियम अनुसार समयमा नै जानकारी नदिएको भन्दै नेप्सेले लघुवित्तको कारोबार स्थगित गर्दै स्पष्टिकरण सोधेको थियो । जवाफमा कम्पनीले इन्टरनेटको कारण प्राविधिक समस्या आउँदा समयमा सूचना अपलोड गर्न नसकेको जनाएको छ ।  नेप्सेले अब आइन्दा त्यसो गल्ति नदोहोर्याउनको सचेत गराउदै कारोबार फुकुवा गरिदिएको हो । त्यस्तै कम्पनीले पनि अबदेखि सूचना समय मै जानकारी गराउने र यस्ता गल्ति नदोहोर्याउने प्रतिबद्दता जनाएको छ । 

Read More
  • Financial Notices