यूनाइटेड इन्स्योरेन्सको लोगो परिवर्तन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
यूनाइटेड इन्स्योरेन्सको लोगो परिवर्तन

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) United Insurance Company (Nepal)  ले आफ्नो लोगो परिवर्तन गरेको छ । कम्पनीले माघ १ गते  मनोरञ्जनात्मक भर्चुअल कार्यक्रम मार्फत नयाँ लोगो सार्वजनिक गरेको हो । कार्यक्रममा गायकहरु स्वप्न सुमन तथा काली प्रसाद बास्कोटाको प्रत्यक्ष सांगितिक कार्यक्रम गरिएको थियो । यस किसिमको कार्यक्रम बीमा क्षेत्रमा पहिलो पटक भएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष रवि भक्त श्रेष्ठज्यूले लोगो परिवर्तन गर्नुको कारण र यसको आवश्यकता तथा महत्वको बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल तथा व्यापार प्रवद्र्धन तथा रणनीति विभागका प्रमुख आदर भण्डारीले कम्पनीको लोगो परिवर्तन र ब्रान्डिङ्ग तथा सोमा प्रयोग भएको रंग तथा त्यसले कम्पनीको विविध पक्षको प्रतिनिधित्व गरेको जानकारी गराएका थिए  ।

Read More
  • MBL