प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९.९६% ले बढ्यो, अत्याधिक खरीद चाप


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९.९६% ले बढ्यो, अत्याधिक खरीद चाप

माघ ४, काठमाडौं । आइतवार प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २९८ पुगेको छ ।

मार्केट डेप्थमा विक्री चाप शून्य छ भने ९ लाख ५१ हजार ८६९ कित्ता खरीद माग रहेको छ । यो समचार तयार पर्दासम्म कम्पनीको ७० कित्ता शेयर खरीदविक्री भएको छ । 

कम्पनीको शेयर कारोबार तल्लो मूल्यबाट शेयर कारोबार खुला भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. १०९ दशमलव ५६ देखि ३२८.६८ ओपन रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणा बढीसम्म मूल्य तोक्ने गर्दछ । 

Read More
  • MBL