एक्सेलको स्वामित्वमा रहेको ३ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एक्सेलको स्वामित्वमा रहेको ३ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं : एक्सेल डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको सेयर लिलामी भर्ने आज आइतबार (माघ ४ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले पुस १९ गतेबाट आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको १ लाख ४५ हजार ३१९ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । 
 

बैंकले आरएमडीसी लघुवित्तको २२ हजार ३७० कित्ता, ग्रामीण विकास लघुवित्तको २६ हजार ३०० कित्ता र युनाइटेड इन्सुरेन्सको ९६ हजार ६४९ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

Read More
  • MBL