संचालनमा आयो सिटिजन्स बैंकको इन्स्ट्या पे, किस्ताबन्दीमा बस्तु एवं सेवा खरिदको सुविधा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
संचालनमा आयो सिटिजन्स बैंकको इन्स्ट्या पे, किस्ताबन्दीमा बस्तु एवं सेवा खरिदको सुविधा

सिटिजन्स बैंकले मासिक किस्ताबन्दी बस्तु तथा सेवा खरिद गर्न मिल्नेगरि इन्स्ट्या पे योजना संचालनमा ल्याएको छ। यस योजनाअन्तर्गत बैंकका ग्राहकले देशभरका जुनसुकै मर्चेन्टहरूमा क्रेडिट कार्डमार्फत न्युनतम १०,००० देखि अधिकतम २५०,०००  सम्म भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सक्ने बैंकले जनाएको छ। 

यस योजना अन्तर्गत बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकै पटकमा खरिद गरिएको वस्तु तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने नविनतम सुविधा ल्याएको हो । 

यस योजनामार्फत ग्राहक महानुभावहरूले आफुले किन्न खाजेको वस्तु तथा सेवा तत्काल  खरिद गरी रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नेछन। क्रेडिट कार्ड प्रयोगकर्ताहरूले खरिद गर्नुहुने वस्तु तथा सेवाहरूको खरिद रकम न्यूनतम ३ देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

Read More
  • EBL Ad news