माघ महिनाको आर्थिक राशिफल (२०७७)



Financial Notices

मेष                            
मेष राशी हुनेहरुको लागि माघ महिना राम्रो रहनेछ । काममा पदोन्नति र नयाँ अवसरहरु मिल्न सक्छ भने व्यवसायबाट राम्रो लाभ र सफलता मिल्न सक्नेछ। शत्रुहरुमाथि बिजय प्राप्त हुनेछ। सुख र आनन्दको प्राप्तिका साथै राम्रो अन्न र वस्त्रको लाभ हुन सक्ने समस्या रहेको छ। 

वृष 
वृष राशी हुनेहरुको लागि माघ महिना सामान्य रहनेछ । पारिवारिक सहयोग मिल्नेछ। छोटो यात्रा हुन सक्नेछ। कामबाट वा सामाजिक क्षेत्रबाट मानसम्मान मिल्न सक्ने समय छ। काम वा व्यवसायमा भने केहि अबरोध आउन सक्ने सम्भावना छ। अनावश्यक विवादमा फस्न सक्ने भएकाले गर्दा बोल्दा विचार पुर्याउनुपर्ने देखिन्छ।   

मिथुन 
मिथुन राशी हुनेहरुको लागि माघ महिना सामान्य रहनेछ । काममा अबरोध र व्यवसायमा घाटाको सामना गर्नुपर्ने हुनसक्छ भने विश्वास गरेकाहरुबाट पनि धोका हुन सक्ने भएकाले ध्यान दिनुपर्नेछ। नयाँ काम सुरु गर्न वा लगानीको लागि उचित समय रहेको छैन र पुरानै काममा अलिक धेरै मेहेनत गर्नुपर्ने रहेको छ।   

कर्कट 
कर्कट राशी हुनेहरुको लागि माघ महिना मध्यम रहनेछ । काममा वा व्यवसायबाट सोचेको जस्तो आम्दानी गर्न सकिएला । आर्थिक क्षेत्रमा रहेका बाधाहरु पनि हट्नेछन्। परिवार वा आफन्तमा विवाद हुन सक्ने र शारीरिक अस्वस्थता हुन सक्ने रहेकाले गर्दा ध्यान दिनुपर्ने रहेको छ। 

सिंह
सिंह राशी हुने हरुको लागि माघ महिना राम्रो रहन सक्नेछ । व्यापार व्यवसायमा राम्रो उन्नति हुन सक्ने र नोकरीमा पदोन्नति मिल्न सक्ने सम्भावना पनि रहेको छ। नयाँ कामको सुचारु गर्ने अवसरहरु पनि रहेका छन्। मङ्गल ग्रहको बिषम प्रभाबले गर्दा स्वास्थ्य सम्बन्धि समस्या आउनाले समस्या हुन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुपर्ने छ। समग्रमा तपाईको माघ महिना राम्रो देख्न सकिन्छ। 

कन्या 
कन्या राशी हुनेहरुको लागि माघ महिना सामान्य रहनेछ। पराक्रममा वृद्धि र शत्रु माथि विजय प्राप्त हुन सक्ने रहेपनि काममा अवरोधको सामना गर्नुपर्ने हुन सक्ने भएकाले अलिक धेरै मेहनत गर्नुपर्ने छ। खर्चमा पनि केहि वृद्धि हुन सक्छ। 

तुला 
तुला राशी हुनेहरुको लागि माघ महिना राम्रो नै रहनेछ । आर्थिक क्षेत्रमा गरिएको मेहनतको राम्रो परिणाम मिल्न सक्नेछ। व्यवसायमा वृद्धि हुनेछ। शारीरिक असक्ततताले गर्दा भने काममा पूर्ण रुपमा ध्यान नजान सक्छ। शत्रुहरुले काममा समस्या गर्न सक्ने भएकाले ध्यान दिनुपर्ने छ।  

वृश्चिक
वृश्चिक राशी हुनेहरुको लागि माघ  महिना राम्रो रहनेछ । आर्थिक क्षेत्रमा सुधार हुनका साथै आम्दानीमा पनि वृद्धि हुनेछ । रोकिएका आर्थिक कारोबारहरु सफल हुनेछन । काममा ध्यान दिन नसक्दा समस्या आउन सक्ने भएकाले काममा लगनशील भएर लाग्नुपर्नेछ।  

धनु 
धनु राशी हुनेहरुको लागि माघ महिना राम्रो रहनेछ । आम्दानीका नयाँ स्रोत खुल्ने छन् । नोकरीमा पदोन्नति र व्यवसायमा सफलता र प्रगति हुन सक्ने र नयाँ कामको सुरुवात हुन सक्ने समय रहेको छ । राज्य वा सामाजिक क्षेत्रबाट मानसम्मान मिल्न सक्ने रहेको छ। आम्दानीमा वृद्धि हुन सक्ने समय रहेको छ। 

मकर 
मकर राशीको लागि माघ महिना मध्यम छ । आम्दानी र खर्च बराबर हुन सक्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्ने छ। व्यवसायमा प्रगति गर्न सक्ने र नोकरीमा पनि उन्नति हुन सक्ने समय रहेको छ। नयाँ कामको थालनी गर्न सक्ने योग रहेको छ। पारिवारिक सहयोग पनि मिल्न सक्छ।    

कुम्भ 
कुम्भ राशी हुनेहरुको लागि माघ महिना राम्रो हुनेछ । व्यवसायको क्षेत्र विस्तार हुनुका साथै नयाँ लगानीको अवसर मिल्न सक्छ।  राम्रो सोचविचार र उचित मेहनतले काम गर्दा सोचेअनुसारको सफलता मिल्न सक्नेछ। आर्थिक क्षेत्रमा पनि प्रगति हुन सक्ने र सन्तुस्टि मिल्न सक्ने छ।  खर्च बढ्न सक्ने रहेकाले सचेत रहनुपर्नेछ।

मीन 
मीन राशी हुनेहरुका लागि माघ महिना राम्रो छ । आर्थिक क्षेत्रमा रहेका बाधाहरु हट्नुका साथै आम्दानीमा वृद्धि हुन सक्ने रहेको छ। गरेका कामहरुबाट सफलता मिल्न सक्नेछ भने काममा नया अवसरहरु पनि मिल्न सक्ने समय छ।  व्यवसायको वृद्धि हुनुका साथै उचित लाभ पनि मिल्न सक्ने समय छ ।

Read More
  • Financial Notices