मोबाइल बैंकिङमार्फत् कारोबार गर्नेको संख्या बढ्यो, एक महिनामै ३० अर्ब २८ करोडको कारोबार



Aarthik News

काठमाडौं । एक महिनामै मोबाइल बैंकिङमार्फत् ३० अर्ब २८ करोडको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिर महिनाको तथ्यांकअनुसार मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको प्रयोगकर्ता गत महिनाको तुलनामा झण्डै ५ अर्बले वृद्धि भएको छ । कात्तिक सम्ममा ७६ लाख ४३ हजार २ सय ९६ पटक मोबाइल बैंकिङ सेवा प्रयोग भएको थियो । उक्त संख्यामा वृद्धि हुँदै मंसिरमा ८३ लाख ८६ हजार ४ सय ७० पटक कारोबार भएको छ । जुन कात्तिक महिनाको तुलनामा ७ लाख ४३ हजार १ सय ७४ बढी हो ।

तथ्यांक अनुसार कारोबार रकम पनि ठूलो मात्रा बढेको छ । कात्तिक महिनामा मोबाइल बैंकिङमार्फत कुल २५ अर्ब ६५ करोड ४ लाख रुपैयाँको कारोबार भएकोमा मंसिर महिनामा ३० अर्ब २८ करोड ७ लाख कारोबार भएको छ । इन्टरनेट बैंकिङमार्फत हुने कारोबार तथा प्रयोग पनि बढेको छ । कात्तिकमा २ लाख २१ हजार ४०५ पटक इन्टरनेटबाट बैंकिङ कारोबार भएको थियो । तर, मंसिरमा सो संख्या बढेर २ लाख ४५ हजार २ सय ८६ पुगेको छ भने कारोबार रकमसमेत वृद्धि भएको छ ।

Read More
  • Financial Notices