माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्सको एकीकृत कारोबार माघ २ गतेदेखि


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्सको एकीकृत कारोबार माघ २ गतेदेखि

पुस २९, काठमाडौं ।माछापुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल एण्ड ईन्भेष्टमेन्ट्सले माघ २ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।

ती दुबै कम्पनी एक आपसमा गाभिन पुस १७ गते रजिष्टर्ड कार्यलयले र नेपाल धितोपत्र बोर्डले पुस ९ गते अन्तिम स्वीकृती दिएसँगै एकीकृत कारोबार शुरु हुन लागेको हो ।मर्जर पश्चात माछापुच्छ्रे क्यापिटलले कृति क्यापिटलको नामबाट कारोबार गर्ने  कम्पनीले बताएको छ ।

एकीकृत कारोबारपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय साविकको कृति क्यापिटलको कार्यालय  रहेको स्थान बागदबार सुन्धारा, काठमाडौंमा रहने कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

Read More
  • MBL - below news