क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म रकम निकाल्ने सुविधा दिँदै सिद्धार्थ बैंक


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म रकम निकाल्ने सुविधा दिँदै सिद्धार्थ बैंक

काठमाडौं । ग्राहकहरुलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सिद्धार्थ  बैंक लिमिटेडले नयाँ सेवा ‘स्मार्ट टेलर’ सञ्चालनमा ल्याएको छ । 

यस सुविधा सञ्चालन पश्चात् ग्राहकहरुले चेक वा एटीएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बैंक खाताबाट सहजै रकम झिक्न/निकाल्न सक्नेछन्, जसले गर्दा ग्राहकहरुको समयको बचत हुनेछ र बैंकिङ्ग सेवा अझ बढी सुविधाजनक हुनेछ ।

ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप (सिद्धार्थ बैंक स्मार्ट) बाट बैंकको काउण्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म र मासिक १० लाखसम्मको रकम निकाल्न सक्नेछन् । 

Read More
  • MBL