पुस २४, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेले प्रस्तावित १२ दशमलव ६३ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले शुक्रवार सातौं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. ६७ करोड १५ लाख २२ हजारको आधारमा उक्त लाभांश वितरण गर्नेछ ।
सभाले लाभांश सहित गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व रहने गरी दुई जना सञ्चालकको निर्वाचन समेत गरेको छ । दुई सञ्चालकमा अमर डंगोल महर्जन र शान्ती प्रसाद उप्रेती निर्वाचित भएका हुन् ।