पूर्वाधार विकास बैंकको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त



Karobar Daily

पूर्वाधार विकास बैंकले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । बैंकको निष्काशन सम्बन्धी सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेडमार्फत हुने भएको छ । नेपालको पुँजी बजारमा हालसम्मकै ठूलोे ८ अर्बको सार्वजनिक निष्काशन माघ २ देखि माघ ६ गतेसम्म गर्ने भएको छ ।
यसअघि नै बैंकले एनआईबिएल एस क्यापिटललाई आफ्नो बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सेयरेको निष्काशन सम्बन्धी सबै काम एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत हुने छ ।
२० अर्ब चुक्ता पुँजी रहेको बैंकको १२ अर्ब संस्थापकहरुबाट चुक्ता भइसकेको छ भने बाँकी रकम यस निष्काशनबाट चुक्ता हुनेछ ।

Read More
  • Financial Notices