सिटिजन्स बैंक Citizens Bank International Limited ले तिनाउ मिसन डेभलपमेण्ट बैंक Tinau Mission Bikas Bank Ltd. लाई प्राप्ति गर्ने सम्बन्धि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ। आज बुधबार सिटिजन्स बैंकको मुख्य कार्यालयमा दुवै पक्ष बीच अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौतामा सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंकका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरेका छन् । दुवै बैंकले आआफ्नो विशेष÷साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गरिने बैंकले जनाएको छ । दुवै बैंकले गत कार्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए ।







