नेपाल बङ्गलादेश बैंकको सामाजिक कार्य : फ्रेन्डशिप फाउन्डेसन नेपाललाई ३ लाख रुपैयाँ रकम हस्तान्तरण


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल बङ्गलादेश बैंकको सामाजिक कार्य : फ्रेन्डशिप फाउन्डेसन नेपाललाई ३ लाख रुपैयाँ रकम हस्तान्तरण

काठमाडौँ । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतकाठमाडौं महानगरपालिका वडा नं ३, पानीपोखरी, स्थित फ्रेन्डशिप फाउन्डेसन नेपाललाई रु तीन लाख रुपैँया रकम हस्तान्तरण गरेको छ । सो रकम फ्रेन्डशिप फाउन्डेसन नेपालले शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालय भवन निर्माणका लागि प्रयोग गर्नेछ । 

गोरखा केराबारी १ मा निर्माण हुन गईरहेको सो पुस्तकालयले स्थानीय विद्यार्थी लगायत बासिन्दाहरुलाई सहज रुपमा विभिन्न किसिमका पुस्तकहरु उपलब्ध गराउने छ । बैँकको प्रमुख कार्यालय कमलादी काठमाडौँमा भएको कार्यक्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्धारा फ्रेन्डशिप फाउन्डेसन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई रकम हस्तान्तरण गरेका थिए ।

Read More
  • MBL