इक्रा नेपालद्वारा सिटिजन्स लाइफ इन्स्योरेन्सलाई आईआर बीबीबी रेटिङ प्रदान


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
इक्रा नेपालद्वारा सिटिजन्स लाइफ इन्स्योरेन्सलाई आईआर बीबीबी रेटिङ  प्रदान

पुस १७, काठमाडौं । सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नको लागि रेटिङ गराएको छ । 

कम्पनीले इक्रा नेपालमा रेटिङ गराएको हो । कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईआर बीबीबी रेटिङ दिएको हो । उक्त रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम रहेको देखाउँछ । साथै दायित्व बहन गर्ने क्षमता औषत मध्यम जोखिम रहेको देखाउँछ ।

कम्पनीले ७५ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । ७५ लाख कित्ता आईपीओ निष्कासन पछि पूँजी रू. २ अर्ब ५० करोड पुग्नेछ ।

Read More
  • MBL