सिभिल बैंकले हेटौंडामा थप्यो नयाँ एक्सटेन्सन काउन्टर


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सिभिल बैंकले हेटौंडामा थप्यो नयाँ एक्सटेन्सन काउन्टर

सिभिल बैंकले ठुलो दमार चोक, हर्नामाडी स्थित हेटौंडा उपमहानगरपालिकावडा नं. १८ मा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । 
उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन हेटौंडा उपमहानगरपालिकावडा नं. १८ का अध्यक्ष अनिल बानियाँले गर्नुभयो । अब त्यस क्षेत्रका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसंग गर्न सक्नेछन ।
करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ६ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान गरीरहेको सिभिल बैंकले करीव रु. ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेको छ । 

Read More
  • MBL