नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र निष्कासन प्रकृया अन्तिम चरणमा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र निष्कासन प्रकृया अन्तिम चरणमा

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र निष्कासनको अन्तिम चरणमा पुगेको छ । बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड मंसिर १८ गते अनुमति पाएको हो । बैंकले ७ वर्ष अवधिको लागि ४ अर्ब रुपैयाँ बराबरको ‘८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाम गरेको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असोज ५ गते सोमबार निवेदन पेश गरेको थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।

ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार ऋणपत्र निष्कासन प्रकृया अन्तिम चरणमा पुगेको छ । चाडै नै निष्कासन मिति तय हुने आरबिबि मर्चेण्टले जनाएको छ ।

Read More
  • MBL