हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्ज हुने चर्चा चलेको छ। यो चर्चाका पछाडि बलिया आधार पनि छन्।
साधारणसभामा इन्भेष्टमेन्ट बैंकले मर्ज प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण रूपमा अख्तियारी दिने प्रस्ताव गर्दैछ। बैंकको साधारणसभा माघ ८ गते बस्दैछ।
त्यस्तै हिमालयन बैंकले पनि साधारणसभाबाट मर्जका सबै प्रक्रिया सञ्चालक समितिलाई सुम्पिँदै छ। हिमालयनको सभा पुस २७ गते बस्दैछ।
दुवै बैंकको साधारण सभाबाट अख्तियारी हस्तान्तरण प्रस्ताव पारित भएपछि एकअर्कासँग गाभिने प्रक्रिया अघि बढाउन बाटो खुल्नेछ।
समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्यांकन (डिडिए) गर्न परामर्शदाता, मूल्यांकनकर्ता नियुक्ति गर्ने लगायत सबै प्रक्रिया दुवै बैंकका सञ्चालक समितिले पूरा गर्नेछन्।