नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषको कर्जा तिर्न सकिने



Setopati

नेपाल बैंक लिमिटेडबाट कर्मचारी सञ्चय कोषका ऋणिहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको छ।

यो बैंकको देशभरका २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउन्टरबाट समेत यो सुविधा लिन सकिने बताइएको छ।

यस बैंक मार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आइरहेका थिए। अबदेखि कर्जा भुक्तानीको सुविधा समेत उपलब्ध गराइरहेको बैंकको भनाइ छ। 

Read More
  • Financial Notices