नेपाल बैंकले दियो घरमै पुगी २३ लाख सहुलियत कर्जा



Banking Khabar

नेपाल बैंक लिमिटेडको पाल्पा तानसेन शाखाले तानसेन नगारपालिका वडा नं. १२ नामी कुवाका ६ वटा फर्मलाई २३ लाखको सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकले तानसेन नगारपालिका बीच गरेको सम्झौता बमोजिम नगरक्षेत्रका युवा, महिला, दलित, शिक्षित बेरोजगारलाई उद्यमशीलतामा सहभागी गराउन कर्जा उपलब्ध गराएको हो ।

सोही सम्झौता बमोजिम बैंकले झिलमिल कृषि फर्म ( गोविन्द राना), केजिना कृषि तथा पशुपंक्षी फर्म (गोपाल बहादूर राना), बगाले कृषि तथा पशुपंक्षी फर्म (नल बहादुर बगाले) र पुष्पा पशुपंक्षी तथा कृषि फर्म (पुष्प लुगेली) लाई प्रति फर्म ४ लाख ५० हजार र प्रविन पशुपंक्षी तथा कृषि फर्म ( झप कुमारी लुङ्गेली) लाई ३ लाख र गायत्री पशुपंंक्षी तथा कृषि फर्म ( गायत्री राना) लाई २ लाख सहुलियत कर्जा सुविधा पत्र हस्तान्तरण गरेको हो ।

Read More
  • Financial Notices