नेपाल बैंक लिमिटेड र चितवन जिल्लास्थित रत्ननगर नगरपालिका बिच उक्त नगरपालिकाबीच सम्झौताभएको छ । सम्झौत अनुसार रत्ननगर नगरपालिकाद्वारा सञ्चालन गर्न लागिएका विभिन्न कार्यक्रम तथा अभियानमा नेपाल बैंकले सहकार्य गर्ने भएको छ ।
नेपाल बैंक र रत्ननगर नगरपालिकाबीच ‘नगरप्रमुख उद्यमशिलता विकास कार्यक्रम’ अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा सम्झौता भएको हो । उक्त नगरपालिका क्षेत्रका कृषि तथा पशुपंक्षीजन्य ब्यवसाय प्रवर्धन तथा रत्ननगर नगरपालिकाको नगर प्रमुख उद्यमशिलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशिल बन्न चाहने नगरबासी एवं नेपाल राष्ट्र बैकको सहुलियतपूर्ण कर्जाका लागि एकीकृत ब्याज अनुदान कार्यविधि २०७५ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिनेने छ ।