आरएमडीसी लघुवित्तको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा


  • Shangrila Ads
  • ADBL
आरएमडीसी लघुवित्तको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा

पुस २, काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा हुने भएको छ । कम्पनीले आज (बिहीवार)देखि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएको हो ।

कम्पनीले गत मंसिर २२ गते सम्पन्न २२औं वार्षिक साधारण सभाद्वारा पारित ५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको हो । 

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगरेका, बैंक खाता नम्बर रुजु नभएका, खाता रहेको बैंकको नाम परिवर्तन भएका, नाम रुजु नभएका तथा अन्य विभिन्न कारणले रकमान्तर हुन नसकेका शेयरधनीहरुको हकमा हितग्राही खातामा बैंक खाता अद्यावधिक भएपश्चात नगद लाभांश जम्मा गरिने कम्पनीले जानकारी दिएको छ ।

Read More
  • KBL Ad