मिथिला लघुवित्तले सारथी नेपाल लघुवित्तलाई बेच्यो ५ वटा शाखा कार्यालय


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मिथिला लघुवित्तले सारथी नेपाल लघुवित्तलाई बेच्यो ५ वटा शाखा कार्यालय

मिथिला लघुवित्तले आफ्नो ५ वटा शाखा कार्यालयहरु बिक्रि गरेको छ । लघुवित्तले उदयपुर, रामेछाप र सिन्धुलीमा रहेका ५ वटा शाखा बिक्री गर्न लागेको हो ।

लघुवित्तले यी शाखा काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको सारथी नेपाल लघुवित्तलाई बिक्रि गरेको हो । कम्पनीले ति शाखामा रहेको चल अचल सम्पति र तिर्नु पर्ने दायित्व समेत गरि सम्झौतामा उल्लेख भए बमोजिम हुने गरि बिक्रि गरेको जनाएको छ ।

लघुवित्तले उदयपुरको त्रियुगा ३ मा रहेको मोतिगढ़ा शाखा, उदयपुर कै बेलका १ मा रहेको तपेश्वरी शाखा, रामेछापको रामेछाप ८ मा रहेको रामेछाप शाखा, र सिन्धुलीको दुधौली ४ मा रहेको डकाहा शाखा तथा सुनकोशी ३ मा रहेको रातमाटा शाखा सारथी नेपाल लघुवित्तलाई बिक्रि गरेको हो । यस संगै अब पुस १ गतेदेखि ति शाखा सारथी नेपाल लघुवित्तमा गाभीई सारथि नेपालको नामबाट सेवा दिने छन् ।

Read More
  • MBL