पाँच व्यापारी विरुद्ध नक्कली भ्याट बिल प्रकरणमा ४१ करोड विगोसहित मुद्दा दायर


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
पाँच व्यापारी विरुद्ध नक्कली भ्याट बिल प्रकरणमा ४१ करोड विगोसहित मुद्दा दायर

काठमाडौं । राजश्व अनुसन्धान विभागले पाँच व्यापारी विरुद्ध नक्कली भ्याट बिल प्रकरणमा मुद्दा दायर गरेको छ । विभागले धनुषाको रमण कन्स्ट्रक्सन प्रालि, उदयपुरको त्रियुगा नगरपालिका १२ को राउत ट्रेड कन्सर्न, दोलखा तामाकोशी गाउँपालिकाको पिआर के ट्रेड इन्टरनेसनल, बारा परवानीपुर स्थित मिनजा इन्टरनेशनल प्रालि र पर्सा बेलवाको क्रेटा इन्टरप्राइजेज विरुद्ध मुद्दा दायर गरेको हो । 

रमण कन्स्ट्रक्सनका सञ्चालकलाई २० करोड ८७ लाख, राउत ट्रेड कन्सर्नसँग चार करोड १६ लाख ४६ हजार १६५, पिआर के सँग ५ करोड ५६ लाख ८ हजार ७३८, मिनजासँग २ करोड १९ लाख १२ हजार ३९३, क्रेटा इन्टरनेशनलसँग ८ करोड २४ लाख ६० हजार ७६५ रुपैयाँ बिगो मागिएको विभागले जनाएको छ।  

Read More
  • MBL