हाइड्रोपावरहरुमा आउन थाल्यो चमक : वित्तीय सूचकहरुमा सबल बन्दै


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
हाइड्रोपावरहरुमा आउन थाल्यो चमक : वित्तीय सूचकहरुमा सबल बन्दै

काठमाडौं : हाइड्रोपावर कम्पनीहरुले पनि समग्र वित्तीय अवस्थालाई क्रमशः मजुबत बनाउँदै लगेका छन् । पछिल्ला समयमा हाइड्रोपावर कम्पनीको नाफा, रिजर्भ, विद्युत बिक्रीबाट प्राप्त हुने नाफा, प्रतिसेयर आम्दानी तथा नेटवर्थ लगायतका प्रमुख वित्तीय सूचकहरुमा तेजी आउन थालेको हो । वित्तीय विवरणमा सुधार आउन थालेसँगै सेयर बजारमा पनि यो समूहको भाउमा वृद्धि हुन थालेको छ । लगानीकर्ताको आकर्षण बढ्दोक्रममा रहेको पाइएको छ ।

लगानीकर्ताहरुको मनोविज्ञान पनि यस समूहप्रति सकारात्मक बन्न थालेको छ । यसैक्रममा नेप्सेमा सूचीकृत २३ हाइड्रोपावर कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल नेप्सेमा ३५ हाइड्रोपावर कम्पनीहरु सूचीकृत छन् । यी मध्ये १२ कम्पनीले भने अझै पनि पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।
 

Read More
  • MBL