बैंक अफ काठमान्डूको साधारण सभा आज, १६% लाभांश पारित हुँदै


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
बैंक अफ काठमान्डूको साधारण सभा आज, १६% लाभांश पारित हुँदै

काठमाडौं : बैंक अफ काठमान्डूको साधारण सभा आज सोमबार मंसिर १५ गते बस्दैछ ।  सभा बैंकको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत बिहान ११ बजेबाट सुरु हुनेछ ।  साधारण सभामा बैंकले १६% लाभांश वितरण गर्ने प्रमुख एजेन्डा पेश गर्दैछ । 


बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १३% बोनस र कर सहित ३% नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले सभा प्रयोजनका लागि कात्तिक २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । कात्तिक २७ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । 

Read More
  • MBL