लगानीकर्ताकाे सम्पत्ती एकै दिन १ खर्वले बढ्याे, अधिकांश बैंकका लगानीकर्ता मालामाल


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
लगानीकर्ताकाे सम्पत्ती एकै दिन १ खर्वले बढ्याे, अधिकांश बैंकका लगानीकर्ता मालामाल

लगातार बढेकाे बजारमा आइतबार एकै दिन सेयर लगानीकर्ताहरूले १ खर्व ५४ कराेडभन्दा बढी कमाएका छन् । बजार पूँजी करणका हिसावले लगानीकर्ताकाे सम्पत्ती १ खर्व ५४ कराेड ४४ लाख रूपैयाँले बढेकाे छ ।
गत साता काराेबार भएकाे अन्तिम दिन विहिबार बजार पूँजीकरण २५ खर्व ३७ अर्व ४४ कराेड २२ लाख रूपैयाँ थियाे । अाइतबार भने अधिकांश कम्पनीकाे सेयर मूल्य बढेसँगै बजार पूँजीकरण २६ खर्व ३७ अर्व ४४ कराेेड २२ लाख रूपैयाँ पुगेकाे छ । यस दिन अधिंकाश बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताले धेरै कमाएका छन् । बढेकाे बजारमा केही कम्पनीका लगानीकर्ताले एकै दिन १० प्रतिशतभन्दा बढीले सम्पत्ती बढाएका छन् ।

Read More
  • MBL