हेर्नुहोस् मंसिर १४ गते आइतबार, तपाईको आर्थिक राशिफल कस्तो रहेको छ ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
हेर्नुहोस् मंसिर १४ गते आइतबार, तपाईको आर्थिक राशिफल कस्तो रहेको छ ?

Financial Notices  मोबाईल एप्स Android Download  र iOS Download गरेर आफ्नो दैनिक, साप्ताहीक, मासिक र वार्षिक आर्थिक राशिफल हेर्न सक्नुहुनेछ ।

आर्थिक राशिफल- १४ गते मंसिर २०७७ (आइतबार)

मेषः कामबाट विशेष आर्थिक लाभ मिल्न सक्छ।

वृषः सुनचाँदी आदि बिशेष द्रव्यको लाभ हुन सक्छ।

मिथुनः शेयर बजारमा लाभको सम्भावना र आर्थिक लेनदेनमा मेहनत गनुपर्ने।

कर्कटः राम्रो लगानीको अवसर आउन सक्न सक्छ।

सिंहः आम्दानी बढ्न सक्ने र काममा पदोन्नती हुन सक्नेछ।  

कन्याः काममा राम्रो उन्नति हुने र आर्थिकमा सफलता मिल्ने।

तुलाः  खर्च बढ्ने र आर्थिक समस्या आउन सक्छ।

वृश्चिकः नयाँ कामको अवसर मिल्न सक्नेछ।

धनुः आर्थिकमा रोकावट हट्ने र नयाँ कामको सुरुवात हुने।

मकरः आम्दानीमा वृद्धि हुने र काममा सोचेको प्रगत्ति प्रतिफल मिल्नछ।

कुम्भः काममा अलिक मेहेनत गर्दा आर्थिक सफलता मिल्न सक्छ।

मीनः धनको हानी हुने र सामान हराउन सक्नेछ।

धनको कमी किन भइरहन्छ ? हेर्नुहोस् राशि अनुसारको आर्थिक समस्याबाट छुट्करा मिल्ने पुजा र जप विधि।

___________

मंसिर १४ देखि २० गते सम्मको साप्ताहिक आर्थिक राशिफल

मेष 
मेष राशिको लागि यो साताको सुरुमा नयाँ कामको सुरुवात र गरेका कामहरु सफल हुने समय रहेको छ। साताको मध्यमा आयमा वृद्धि, व्यापारमा पर्याप्त लाभ हुन सक्नेछ। साताको अन्त्यतिर दाजुभाईको सहयोग मिल्न सक्ने र कामको माध्यमबाट आफ्नो प्रतिष्ठा वढाउन सक्ने समय रहेको छ। 

वृष 
वृष राशि हुनेहरुको लागि यो साताको सुरुमा कामबाट हानी हुन सक्ने र अनावश्यक खर्च बढ्न सक्नेछ । साताको बीचबाट काममा सुधार हुने, व्यवसायमा प्रगति हुन सक्ने, धनको आगमन बढ्ने र प्राप्त गर्न बाँकि रहेको धन प्राप्त हुन सक्ने समय रहेको छ। 

मिथुन 
मिथुन राशि हुनेहरुको लागि यो साताको  सुरुमा आम्दानी बढ्न सक्ने, व्यवसायबाट राम्रो लाभ हुन सक्नेछ । साताको बीचमा व्यवसायबाट नोक्सानीको सामना गर्नुपर्ने र बन्न लागेको काम बिग्रिन सक्ने सम्भावना रहेको छ। साताको अन्त्यको समयमा बिग्रिएको काम बन्न सक्ने र कामबाट राम्रो लाभ हुन सक्नेछ। 

कर्कट 
कर्कट राशि हुनेहरुको लागि साताको सुरु र बीचको समयमा काममा प्रगति र पदोन्नति हुन सक्ने, व्यापार वा व्यवसायको क्षेत्र विस्तार हुन सक्ने र आम्दानी बढ्न सक्नेछ। साताको अन्त्यमा शत्रुहरुको कारणले गर्दा काममा समस्या आउन सक्ने र व्यापारमा सोचे जस्तो लाभ मिल्न नसक्ने समय रहेको छ।   

सिंह
सिंह राशि हुनेहरुको लागि यो साताको सुरुमा सामाजिक वा कामको क्षेत्रबाट मानसम्मान मिल्ने र प्रशासनिक कामहरु बन्न सक्ने समय रहेको छ।  साताको मध्यमा कामको क्षेत्र विस्तार हुन सक्ने र काममा नयाँ अवसर मिल्न सक्नेछ। साताको अन्त्यको समयमा धनको आगमन बढ्न सक्ने, व्यापारमा उचित लाभ हुन सक्ने र लगानी गरेको ठाउँबाट राम्रो फाइदा हुन सक्नेछ। 

कन्या
कन्या राशि हुनेहरुको लागि यो साताको सुरुका दिनमा स्वास्थ्यमा समस्याका कारण धन खर्च र काममा बाधाको सामना गर्नुपर्नेछ। साताको मध्य र अन्त्यको समयमा मानसम्मान बढ्न सक्ने, आर्थिक क्षेत्रमा राम्रो सुधार हुन सक्ने, काममा प्रगति हुने र व्यापारमा सोचेको जस्तो प्रगति हुन सक्ने समय रहेको छ।  

तुला
तुला राशि हुनेहरुको लागि यो साताको सुरुमा काम वा व्यापारमा सामान्य प्रगति हुन सक्ने समय रहेको छ ।  साताको मध्यमा काममा विवाद र बाधाको सामना गर्नुपर्ने, काममा सोचेजस्तो राम्रोसँग अगाडि बढाउन नसकिने। साताको अन्त्यमा आर्थिक क्षेत्रमा प्रगति हुन सक्ने र लगानीको नयाँ श्रोत मिल्न सक्ने सम्भावना रहेको छ।  

वृश्चिक
वृश्चिक राशि हुनेहरुको लागि यो साताको सुरुमा आम्दानी बढ्न सक्ने, कमाउने नयाँ अवसर मिल्न सक्नेछ।  साताको मध्यमा कामको क्षेत्र बढ्न सक्ने वा नयाँ जिम्मेबारी मिल्न सक्नेछ।  साताको अन्त्यमा खर्च बढ्न सक्ने र व्यवसायीक घाटा हुन सक्नेछ।    

धनु
धनु राशि हुनेहरुको लागि यो साताको सुरुवातको समयमा मानसम्मान र पदप्रतिष्ठा मिल्न सक्नेछ । साताको मध्यमा आर्थिक क्षेत्रमा राम्रो प्रगति हुन सक्ने र लगानी गरेका ठाउँबाट राम्रो लाभ लिन सकिनेछ। साताको अन्त्यमा कामको माध्यमबाट पराक्रम बढ्ने र नयाँ जिम्मेबारी मिल्न सक्ने सम्भावना रहेको छ।  

मकर
मकर राशि हुनेहरुको लागि यो साताको सुरुमा स्वास्थ्यमा समस्या आउनाले र अनाबवश्यक पिवादमा फस्नाले काम वा व्यवसायको क्षेत्रमा समस्याको सामना गर्नुपर्ने हुन सक्छ। साताको मध्यबाट सुख र आनन्दको प्राप्ति,  काममा प्रगति हुन सक्ने र व्यवसायमा सफलता मिल्न सक्ने रहेको छ।   

कुम्भ
कुम्भ राशि हुनेहरुको लागि साताको सुरुमा पराक्रम बढ्ने र काममा नयाँ अवसर मिल्न सक्ने समय रहेको छ। साताको बीचमा खर्च बढ्न सक्ने, अरुको विवादमा फस्न सकिने सम्भापना रहेको छ। साताको मध्य र अन्त्यको समयमा काम वा व्यवसायमा प्रगति र आम्दानी बढ्ने सक्ने सम्भावना रहेको छ।  

मीन
मीन राशि हुनेहरुको लागि यो साताको  सुरुको समयमा आयमा वृद्धि, व्यापारबाट पर्याप्त लाभ हुन सक्ने र पारिवारिक खुसि मिल्न सक्नेछ। साताको बीचमा कामको क्षेत्रमा सुधार आउन सक्ने, व्यवसायबाट सफलता मिल्न सक्ने र धनको आगमनमा वृद्धि हुन सक्ने सम्भावना रहेको छ। साताको अन्त्यमा काममा समस्याको सामना गर्नुपर्ने, बन्न लागेको काम बिग्रिन सक्ने र अनावश्यक खर्च हुन सक्ने समय रहेको छ।

_________________________

हेर्नुहोस् तपाईको मङ्सिर महिनाको आर्थिक राशिफल कस्तो रहेको छ ?

मेष                            
मेष राशी हुनेहरुको लागि मङ्सिर सामान्य रहन सक्ला। सूर्य मेष राशिबाट आठौँ रहने भएकाले खर्च धेरै हुन सक्ने भएकाले खर्चमा ध्यान पुर्याउनु पर्ला। शत्रूहरुले काममा हानी पुर्याउन सक्नेछन् भने बन्न लागेको काम पनि बिग्रिन सक्ने भएकाले ध्यान दिनुपर्ला। स्वास्थ्यमा पनि समस्या आउन सक्ने भएकाले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ला र काममा पनि अलिक धेरै मेहेनत गर्नुपर्नेछ। 

वृष 
वृष राशी हुने हरु को लागि  मङ्सिर सामान्य रहला। सूर्य ग्रह तपाईंको राशिबाट सातौँ स्थानमा भ्रमण गर्ने भएकाले पारिवारिक असमझदारी वा विचार नमिल्नाले कुनै कुराको निर्णय लिन कठिन होला। काममा सजिलै सफलता नमिल्ला र व्यवसायमा पनि सानातिना बाधा रोकावट आउन सक्ने भएकाले धेरै ध्यान दिएर काम गर्दा सफलता प्राप्त होला। यात्राबाट पनि खासै राम्रो लाभ नहुन सक्ने भयकाले यात्रा नगर्दा राम्रो होला। गलत निर्णयले मानहानी हुन सक्छ। 

मिथुन 
मिथुन राशी हुनेहरुको लागि मङ्सिर महिना राम्रो रहला। तपाईंको राशिबाट छैटौँ राशिमा सूर्य ग्रह महिनाभरी रहने भएकाले रोकिएका कामहरु सिद्ध हुन सक्ला। गरेको काम सिद्ध हुनाले सन्तुष्टि र आनन्द मिल्न सक्नेछ। शत्रूमाथि विजय प्राप्त होला। राज्य वा प्रशासनबाट लाभ मिल्नुका साथै मानसम्मान पनि बढ्न सक्ने समय रहेको छ।

कर्कट 
कर्कट राशी हुने हरुको लागि यो मङ्सिर महिना सामान्य रहन सक्ला । यो महिनाभर सूर्य ग्रह तपाईंको राशिबाट पाँचौ राशिमा रहने भएकाले गर्दा धनको हानी हुन सक्ने भएकाले आर्थिक कारोबार गर्दा राम्रो सोचविचार गरेर गर्नुपर्ला। अनावश्यक विवादबाट टाढा रहनुपर्ला। यात्राबाट पनि सामान्य लाभ मात्र मिल्ला। अलिक राम्रो मेहेनत गर्दा काममा सफलता र आम्दानी बढ्न सक्ने समय रहेको छ। 

सिंह
सिंह राशी हुने हरुको लागि मङ्सिर महिना सामान्य रहन सक्ला । यो महिनाभर सूर्य ग्रह तपाईंको राशिबाट चौथों राशिमा रहने भएकाले जग्गा जमिन सम्बन्धि क्षेत्रमा समस्या वा विवादको सामना गर्नुपर्ने हुन सक्छ। मान प्रतिष्ठाको हानी हुन सक्छ। पारिवारिक झगडा वा विवादमा उल्झिनाले काममा राम्रो सँग समय दिन नसकिन सक्छ। यात्राबाट पनि हानी हुन सक्छ। 

कन्या 
कन्या राशी हुने हरु को लागि मङ्सिर महिना राम्रो रहनेछ  । सूर्य ग्रह यो महिनाभरि तपाईंको राशिबाट तेस्रो राशिमा रहने भएकाले सुनचाँदी आदि धातुबाट बिशेष लाभ मिल्न सक्ने छ।  परिवार र साथीभाईको साथ सहयोगले कामहरु सफल हुने र मन प्रसन्न रहने छ। शत्रूमाथि विजय प्राप्त हुन सक्छ र मानसम्मान प्रतिष्ठा पनि बढ्न सक्छ। कार्यक्षेत्रमा उच्च पदको प्राप्ति हुन सक्छ। विश्वास गरेको व्यक्तिबाट सहि सल्लाह सुझाव मिल्न सक्ने समय रहेको छ। 

तुला 
यो महिनाभरि सूर्य ग्रह तपाईको राशिबाट दोस्रो राशिमा रहने भएकाले गर्दा नराम्रो व्यक्तिको सङ्गत हुन सक्छ वा विश्वास गर्न नहुने व्यक्तिसँग सुझाव लिएर काम गर्नाले हानी होला। व्यापारमा नोक्सानी र धनको हानी हुने सम्भावना रहन्छ। कामको क्षेत्रमा सङ्घर्ष गर्नु पर्ला । बोलीको कारणले गर्दा बन्न लागेको काम पनि बिग्रिन सक्ने भएकाले बोल्दा ध्यान दिनु होला  । आर्थिक क्षेत्र सामान्य रहने छ। लगानी गर्दा विचार गर्नुपर्छ। 

वृश्चिक
वृश्चिक राशी हुने हरु को लागि मङ्सिर महिना मध्यम रहनेछ । सूर्य ग्रहले यो महिनाभरि तपाईंको राशिमा भ्रमण गर्ने भएकाले गर्दा काममा केहि बिलम्ब भएपनि काम सिद्ध होला।  खर्चमा ध्यान दिदा आर्थिक क्षेत्रमा पनि सामान्य नै रहला। बिना कारणको यात्रा र व्यर्थमा चिन्ता नलिंदा यो महिना राम्रो नै रहला। 

धनु 
धनु राशी हुने हरु को लागि मङ्सिर महिना मध्यम रहला। सूर्य ग्रह यो महिनाभरि तपाईंको राशिबाट बाह्रौ राशिमा रहने भएकाले खर्च अत्याधिक हुनाले आर्थिक समस्याको सामना गर्नुपर्ला। आर्थिक क्षेत्र तेती सबल नहोला । खर्च बढ्ने छ । कडा मेहेनेत ले मात्र सफलता मिल्ने छ । महिना को अन्तिम मा मेहेनत गर्दा काममा सफलता मिल्नेछ । बैदेशिक क्षेत्रमा सफलता मिल्ने छ।

मकर 
मकर राशी को लागि मङ्सिर महिना राम्रो छ । सूर्य ग्रह यो महिनाभरि तपाईंको राशिबाट एघारौँ राशिमा भ्रमण गर्ने भएकाले गर्दा व्यापार मा मनग्य लाभ हुने छ। आर्थिक उपार्जनको नयाँ बाटो मिल्न सक्ने छ र नयाँ कामको थालनी हुन सक्नेछ। राम्रो लगानीको वातावरण मिल्न सक्छ। परिवारबाट राम्रो सहयोग हुन सक्छ। काममा पदोन्नति हुन सक्ने समय छ।   

कुम्भ 
कुम्भ राशी को लागि मङ्सिर महिना राम्रो रहन सक्ला। ठूला पदका व्यक्तिहरु सँग सम्पर्क बढ्नाले विभिन्न काममा सहयोग मिल्ला। नयाँ काम सुरु गर्न चाहनेले काम सुरुवात गर्न सक्ला भने गरिरहेको काममा पनि नयाँ जिम्मेवारी र पदोन्नति प्राप्त होला। सज्जन व्यक्तिबाट सहयोग प्राप्त होला। रोकिएका आर्थिक कारोबार मिल्नाले धन आगमन बढ्न सक्ला। 

मीन 
मीन राशी को लागि यो महिना सामान्य रहनेछ। सूर्य ग्रह यो महिनाभरि तपाईंको राशिबाट नवौँ राशिमा भ्रमण गर्ने भएकाले गर्दा मानसम्मानको हानी, विना कारण अरुको विवादमा फस्न सकिने, धनको हानी हुन सक्ने, आम्दानी कमजोर रहने र साथीभाई वा आफन्तबाट चाहेको सहयोग मिल्न नसक्ने ।

_________

(www.merojyotish.com)

Read More:______

हाल कुन बैंकको व्याजदर कति छ ।

हेर्नुहोस् बैंक तथा वित्तीय संस्थाका रोजगारीका आवसरहरु।

पल पलको ताजा आर्थिक समाचार पढ्नुहोस् ।

हेनुहोस् सेयर बजारका लगानीको अवसरहरु ।

Read More
  • MBL