उद्योग वाणिज्य महासंघको मतगणना शुरु


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
उद्योग वाणिज्य महासंघको मतगणना शुरु

मंसिर १३, काठमाडौं । उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा अन्तर्गत शनिवार सम्पन्न मतदानको मतगणना शुरु भएको छ ।  

महासंघको नयाँ नेतृत्व चयनका लागि विहानबाट शुरु भएको मतदान साँझ चार बजे सकिएको थियो। प्रमुख निर्वाचन अधिकृत उपेन्द्र केसरी न्यौपानेका अनुसार निर्वाचनमा शतप्रतिशत मत खसेको छ।

महासंघको विभिन्न पदमा १२७ जना उद्योगी व्यवसायी चुनावी प्रतिस्पर्धामा रहेकामा वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्षद्धय ढकाल र किशोर प्रधान आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । ढकालको प्यानलमा वस्तुगततर्फ उमेशलाल श्रेष्ठ, एशोसिएटतर्फ रामचन्द्र संघाई र जिल्लानगरतर्फ गुणनिधि तिवारी चुनावी मैदानमा छन् भने प्रधान प्यानलमा वस्तुगततर्फ अञ्जन श्रेष्ठ, एशोसिएटर्फ शौरभ ज्योति र जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

Read More
  • MBL