नेपाल एसबिआई बैंकद्वारा विर्तामोडस्तिथ परोपकार तथा अनुसन्धान केन्द्रलाई विद्युतीय उपकरणहरु प्रदान



Rato Pati

काठमाडौं । नेपाल एसबिआई बैंकलेले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामोडस्तिथ परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको छ ।

वि. सं. २०६७ सालमा संचालन भएको उक्त संस्थाले हाल ३८जना वृद्धावृद्धाहरुलाई आश्रय दिएको छ ।

उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देद्वारा सो संस्थाका अध्यक्ष विक्रम मादेन (गुरुङ)लाई उक्त सामानहरु ह्स्तान्तरण गरेका थिए ।

Read More
  • Financial Notices