फेसबूकबाटै १० लाख ठगी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
फेसबूकबाटै १० लाख ठगी

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–४ का २७ वर्षीय रूपचन्द्र पाण्डे र स्याङ्जाको वालिङ नगरपालिकाकी २९ वर्षीया एक महिलाबीच फेसबुकमार्फत सात महिनाअघि चिनजान भयो । विस्तारै कुराकानी बाक्लिँदै गयो । पाण्डेले आफू विदेश ९ब्राजिल० मा रहेको बताए । सम्बन्ध नजिकिएसँगै पाण्डेले ती महिलालाई ब्राजिल लैजानेसमेत आश्वासन दिए । 

तर कोरोना महामारीका कारण लकडाउन भएपछि ब्राजिलमा नै रहेको आफ्नो परिवार गम्भीर बिरामी परेको भनेर ती महिलालाई बताए । परिवारको उद्धार गर्ने विषयमा सल्लाहसमेत लिन थाले । उद्धारकै लागि भन्दै पछि फिर्ता गर्ने सर्तमा पैसा मागे । पाण्डेको विश्वासमा परी ती महिलाले पनि पैसा दिइन् । ६ महिनादेखि पटक–पटक आईएमईमार्फत पैसा पठाउँदै आइन् । 

१० लाख २८ हजार ७ सय रुपैयाँ पठाइसकेपछि महिलाको मनमा चिसो पस्यो । तिहारअघि जिल्ला प्रहरीमा जाहेरी दिइन् । अनुसन्धानपछि बल्ल ती महिलालाई थाहा भयो कि पाण्डेले पैसा ठगी गरेका रहेछन् ।

Read More
  • MBL