शेयर बजारमा करेक्सन, नेपाल बैंक लगानीकर्ताको रोजाइमा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
शेयर बजारमा करेक्सन, नेपाल बैंक लगानीकर्ताको रोजाइमा

काठमाडौं - साताको दोश्रो दिन आज (सोमबार) शेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्स्चेजका अनुसार आज शेयर बजारमा सामान्य गिरावट आएको हो । आज नेप्से परिसूचक २.३८ अंकले घटेर एक हजार ७८०. ४३ मा पुगेको छ   । यस्तै सेन्सेटिभ परिसूचक भने ०.१२ अंकले घटेर ३४४. ९५ मा पुगेको छ ।
कूल १९९ वटा कम्पनीकाे एक कराेड २० लाख २१ हजार ३ सय ४७ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ७६ करोड २७  लाख ४ हजार ६ सय ११ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आइतबार ४ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

Read More
  • MBL