थोरै परिमार्जन भएर सार्वजनिक भयो सिएको परिक्षा तालिका, बिबिएसको परिक्षासँग जुध्यो, ग्याप पनि छैन !



CA Sarokar

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को डिसेम्बर इन्टेकको परिक्षा आउँदो डिसेम्बर ८ देखि हुने भएको छ । यसअघि आइक्यानका उपाध्यक्षले डिसेम्बर १३ बाट परिक्षा गर्ने जानकारी गराएको भएपनि सकेसम्म छिटो परिक्षा सक्नुपर्ने प्रस्ताव शिक्षा समितिमा आएपछि मितिलाई थोरै परिमार्जन गरी परिक्षा तालिका सार्वजनिक भएको हो । 

आइक्यानमा आइतबारबाट हुन लागेको आन्दोलनले सिर्जना गर्न सक्ने सम्भावित जोखिम टार्नसमेत परिक्षा अलि छिटो सुरु गर्ने काम भएको आइक्यानका एक उच्च अधिकारीले जानकारी गराएका छन् । विद्यार्थी उक्त आन्दोलनमा सहभागी नहुन् भन्नका लागि पनि परिक्षा केहि दिन अगाडी सारिएको उनको दाबी छ ।

Read More
  • Financial Notices