शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर संरचना परिमार्जन



Nepali Paisa

काठमाडौं : शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ११ लाख १९ हजार ५५६ कित्ता संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण भएको छ । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५४.८५% र सर्वसाधारण समूहको ४४.१५% अनुपात कायम भएको छ । हाल यस बैंकको चुक्ता पुँजी १ अर्ब १ करोड रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७६ पैसा छ । 

Read More
  • Financial Notices