नेपाल बैंकको ८४ औं वार्षिकोत्सव सम्पन्न, बैंकले यी सेवाहरु निःशुल्क प्रदान गर्ने



Banking Khabar

बिक्रम संम्वत् १९९४ कार्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापना भई संचालनमा आएको नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले आफ्नो ८४औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले वार्षिकोत्सव अवसरमा विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने भएको हो ।हाल देशको ६४ जिल्लामा रहेका आफ्ना १९१ शाखा, १२६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टरमार्फत देश र आम नेपालीको बैंकिङ्ग सेवामा समर्पित रहि अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु उपलब्ध गराउँदै आइरहेको छ । बैंकले आफ्नो स्थापनाको ८४औं वर्ष प्रवेशको सुखद् अवसरमा आफ्ना ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै यहि कार्तिक १ गते देखी निक्षेप खाताहरुमा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट एकाउन्ट, मेरो शेयर, सी आस्वा र भिसा डेविट कार्ड निःशुल्क प्रदान गर्ने भएको छ । बैंकले वार्षिकोत्सवको शुभ–अवसरमा आफ्ना ग्राहकहरुमा अझ बढी अत्याधुनिक बैंकिङ्ग सेवा, सुविधाहरु प्रदान गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

Read More
  • Financial Notices