मेरो माईक्रोफाइनान्स नवौँ वर्षमा प्रवेश


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मेरो माईक्रोफाइनान्स नवौँ वर्षमा प्रवेश

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ । स्थापनाको आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले बुधवार एक कार्यक्रम गरी स्थापना दिवश मनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा मेरोमाइफोफाइनान्सले नेपालको लघुवित्त क्षेत्रमा छुट्टै किसिमको ब्राण्ड बनाएको बताए ।

देशका गणनीय ८ वटा बाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्त रुपमा प्रवद्र्धन गरी नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहने गरी २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापना संस्थाले ग्राहक सुहाउ“दो बिभिन्न किसिमका बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । संस्थाले कर्जातर्फ बिना धितो सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा शुरुवात गरेको छ ।

Read More
  • MBL